२०८१ श्रावण २ नेपाल प्रहरी विशेष सुरक्षा गण वेलचौतारा, तनहुँको स्थापनाको छैठौं वार्षिक उत्सवको अवसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
२०८१।०४।०१ गते बिहान ८ बजेको समयमा नेपाल प्रहरी विशेष सुरक्षा गण वेलचौतारा, तनहुँको स्थापनाको छैठौं वार्षिक उत्सवको अवसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।
वेलचौतारा गणका गण प्रमुख प्रहरी उपरीक्षक केदार खनाल र सहायक गण प्रमुख श्यामु अर्याल लगायत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत, प्रहरी हवल्दार, जवानको सहभगितामा १३० जना प्रहरी कर्मचारीहरुले गण परिसर भित्र आँप(५०, लिची(५०, असोका(५०, अमला(५०, रिठ्ठा(५०, कल्की(५०, लप्सी(५०, मसला(५०,भगेरी फूल(५०, तेजपत्ता(५०, अगर वुड(५०, वेल(५०,चाप(५०, ईपिललिपिल(५०, कपुर(५० गरी ७५० वटा फलफुल तथा बोटबिरूवा बृक्षारोपण गरिएको थियो ।
गण स्थापनाको छैठौं वार्षिक उत्सवको अवसरमा सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई शुभकामना व्यक्त गर्दै गण प्रमुख प्रहरी उपरीक्षक केदार खनालले वृक्षरोपणले वातावरण सैन्दर्यकरण हुनुको साथै जमिनको भाग क्षयीकरण हुन बाट बचाउने र मानव जिवन तथा सजिव प्राणीहरुलाई समेत जिवनयापनमा सहजिकरण गर्ने बताउनु भएको हो ।





