चालु आर्थिक वर्षको ११ महिनामा पौने तीन खर्बको पेट्रोलियम पदार्थ आयात | ईमाउण्टेन समाचार

Our Network

भदौ ३ २०८१, सोमबार

चालु आर्थिक वर्षको ११ महिनामा पौने तीन खर्बको पेट्रोलियम पदार्थ आयात

असार ३१, २०८१ चालु आर्थिक वर्षको ११ महिनामा करिब पौने तीन खर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म दुई खर्ब ७३ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको हो ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आठ अर्ब रुपैयाँले इन्धन आयातमा कमी आएको छ ।  बजारमा पेट्रोलियम पदार्थको खपत घट्दा आयातमा कमी आएको हो ।

गत आर्थिक वर्षको ११ महिनामा दुुई खर्ब ८१ अर्ब ८८ करोड ५७ लाख रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो । विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा एक खर्ब २९ अर्ब २० करोड २८ लाख ९३ हजार रुपैयाँको डिजेल आयात भएको छ ।

यस्तै ६२ अर्ब ८७ करोड ७३ लाख ३५ हजार रुपियाँको पेट्रोल आयात भएको छ । १९ अर्ब ४७ करोड ४१ लाख २९ हजार रुपैयाँको हवाइ इन्धन आयात भएको विभागको तथ्यांक छ । ५१ अर्ब ७२ करोड ६७ लाख रुपैयाँको खाना पकाउने एलपी ग्यास आयात भएको छ ।

ग्यास र डिजेलको खपत घटे पनि पेट्रोलको खपत भने बढेको नेपाल आयल निगमले जनाएको छ । मुलुकमा कुल आयातमा पेट्रोलियम पदार्थको हिस्सा १८ प्रतिशत रहेको छ । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);