स्पेनले कीर्तिमानी चौथो पटक जित्यो युरो उपाधि | ईमाउण्टेन समाचार

Our Network

साउन २४ २०८१, बिहीबार

स्पेनले कीर्तिमानी चौथो पटक जित्यो युरो उपाधि

स्पेनले चौथो पटक युरो २०२४ को उपाधि जितेको छ ।  जर्मनीको बर्लिनमा भएको फाइनल खेलमा इंग्ल्याण्डलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पेनले सर्वाधिक चौथो पटक युरो जित्ने कीर्तिमान बनाएको हो ।

पहिलो हाफको खेल बराबरीमा सकिएको थियो । खेलको ४७औं मिनेटमा निको विलियम्सले गोल गर्दै स्पेनलाई पहिले अग्रता दिलाएका थिए । तर ७३औं मिनेटमा कोल पाल्मरले इंग्ल्याण्डका लागि बराबरी गोल फर्काए ।

निर्धारित समयमा खेल बराबरीतर्फ अघि बढिरहेको थियो । तर ८६औं मिनेटमा ओयाबाजलले गोल गर्दै स्पेनलाई २–१ को अग्रता दिलाए । सोही अग्रतालाई कायम राख्दै स्पेनले खेल जितेको हो । योसंगै स्पेन चौथो पटक युरो च्याम्पियन बन्न सफल भयो ।

स्पेनले सन् १९६४ को दोस्रो संस्करणमा पहिलो पटक उपाधि जितेको थियो । यसका साथै सन् २००८ र २०१२ मा लगातार युरो जितेको थियो । स्पेन युरोको सर्वाधिक सफल टोली बनेको छ ।

इंग्ल्याण्ड भने लगातार दोस्रो पटक उपविजेतामै रोकिएको छ । यसअघि २०२१ मा भएको युरोको फाइनलमा इंग्ल्याण्ड घरेलु मैदानमै इटलीसँग पेनाल्टीसुटआउटमा पराजित भएको थियो ।

स्पेनले युरो २०२४ मा खेलेको सबै ७ खेल नै जित्यो । समूह चरणमा इंग्ल्याण्डले क्रोएसियालाई ३–० तथा इटली र अल्वानियालाई समान १–० ले पराजित गर्दै क्लिनसिट राखेको थियो ।

यस्तै अन्तिम १६ मा युरोको नवप्रवेशी जर्जियालाई ४–१ ले पराजित गरेको स्पेनले क्वाटरफाइनलमा आयोजक जर्मनी, सेमिफाइनलमा फ्रान्स तथा फाइनलमा इंग्ल्याण्डलाई समान २–१ गोल अन्तरले पराजित गरेको हो ।

स्पेनले प्रतियोगिता भर कुल १५ गोल गर्दा ४ गोल बेहोरेको थियो । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);