ट्रम्पलाई गोली हान्ने युवकको पहिचान खुल्यो | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८३, बुधवार

ट्रम्पलाई गोली हान्ने युवकको पहिचान खुल्यो

असार ३०, २०८१ आइतबार काठमाडौं । अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन एफबीआईका अनुसार डोनाल्ड ट्रम्पलाई मार्ने प्रयास गर्ने व्यक्तिको पहिचान खुलाएको छ ।

ती व्यक्ति २० वर्षीय थोमस म्याथ्यू क्रुक्स रहेका छन् । एफबीआईले उनको पहिचान पुष्टि गर्न डीएनए र बायोमेट्रिक्स परीक्षण गरिने जनाएको छ ।

एफबीआईका अनुसार क्रुक्स पेन्सिलभेनियाको बेथेल पार्कका बासिन्दा हुन् । ट्रम्पको हत्याको प्रयास भएको ठाउँबाट यो ७० किलोमिटर टाढा छ।

‘अनुसन्धान अझै जारी छ, अनुसन्धानमा सहयोग गर्न सक्ने जानकारी भएका जो कोहीले फोटो वा भिडियो अनलाइन पेश गर्न सक्छन्, एफबीआईको विज्ञप्तीमा भनिएको छ।

Leave a Reply

ताजा समाचार