डडेल्धुराको श्री अर्जुनबाण गणबाट १०३ सिपाही दिक्षीत | ईमाउण्टेन समाचार

Our Network

साउन ९ २०८१, बुधवार

डडेल्धुराको श्री अर्जुनबाण गणबाट १०३ सिपाही दिक्षीत

बिमल जैरु, डडेल्धुरा २७ असार ||

डडेल्धुरा स्थित नेपाली सेनाको श्री अर्जुनबाण गणमा सञ्चालन भएको सैन्य आधार तालिमको दिक्षान्त समारोह सम्पन्न भएको छ । अमरगढी नगरपालिका–१ स्थित दह व्यारेकमा नौं महिना तालिम पूरा गरेपछि १०३ जाना सिपाही दिक्षीत भएका छन ।

जिल्लाको अमरगढी नगरपालिका–१ मा रहेको नेपाली सेनाको श्री अर्जुनबाण गणमा सञ्चालन भएको सैन्य आधारभुत तालिम एक कार्यक्रमबीच सम्पन्न भएको हो । तालिमका विभिन्न बिधामा उत्कृष्ठ हुन सफल भएका सिपाहीलाई पुरस्करसमेत वितरण गरिएको छ । दिक्षान्त समारोहमा सैन्यहरूका आफन्तहरु पनि उपस्थित भएका थियो । सैन्य आधारभूत तालिम सम्पन्न भएपछि सिपाहीका अभिभावकहरु खुसीका आँसु झार्दै फूलमाला, खाँदा र अविर लगाएर खानेकुरा खुवाउँदै खुसी भएका थिए । दिक्षान्त समारोहका प्रमुख अतिथि सुदुरपश्चिम पृतना नम्बर २५ बाहिनी अड्ढाका सह चिफ अफ स्टाफ महासेनानी श्री राजन बुढाथोकीले तालिम सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो । उहाँले सिपाही दर्जामा नियुक्त हुने सैन्यहरुलाई बधाई तथा शुभकामना दिनुका साथै तालिमका टोलीद्वारा प्रदर्शन गरिएको कवाजको निरीक्षण समेत गर्नु भएको थियो ।

तालिमका विभिन्न बिधामा उत्कृष्ठ हुन सफल भएका सिपाहीलाई प्रमुख अतिथि बुढाथोकीले पुरस्कर समेत वितरण गर्नु भएको थियो । सिपाही बलियो भए, सेना बलियो हुन्ने, सेना बलियो भए देश बलियो हुने कुरामा सबै बफादार हुनुपर्ने महासेनानी बुढाथोकीको भनाई छ । उहाँले सिपाहीको काम कर्तव्य, जिम्मेवारी एवम् दायित्वको बारेमा स्मरण गराउँदै जस्तोसुकै विषम् परिस्थितिमा पनि देश र जनताको सेवामा हरदम कटिबद्ध रहन निर्देशन दिनुभएको छ ।


श्री अर्जुनबाण गण दह व्यारेकमा २०८० भदौ ३ गतेबाट सैन्य आधारभुत तालिम सुरु भएको थियो । नौं महिने समयाबधीको सैन्य आधारभुत तालिम पूरा गरेका सिपाहीहरु अब नयाँ नियुक्ति लिई विभिन्न युनिहरुमा खटाइने श्री अर्जुनबाण गणका गणपती उज्जल थापाले जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);