काठमाण्डौं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट मुकुल ढकाललाई हटायो | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८१, मंगलबार

काठमाण्डौं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट मुकुल ढकाललाई हटायो

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले निलम्बित महामन्त्री डा मुकुल ढकाललाई जिम्मेवारीबाट हटाएको छ ।

मंगलबार बिहान बसेको पार्टी केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।

पार्टीको अनुशासन आयोगले साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरे पनि केन्द्रीय समिति बैठकले भने साधारण सदस्यता कायम राख्दै महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट मात्र हटाउने निर्णय गरेको हो ।

त्यस्तै, ढकालार्र्ई पुनरावेदनका लागि ३५ दिनको समय दिइएको छ । यसअघि पार्टीले ढकललाई गत बुधबार सात दिनका लागि निलम्बन गरेको थियो ।

पार्टी अनुशासन विपरीतका गतिविधि गरेको र पार्टीका विरुद्धमा लागेको भन्दै ढकाललाई कारबाही गरिएको हो । बुधबारको बैठकमा मुखमा मास्क र कालो टेप लगाएर पुगेका ढकाल आजको बैठकमा भने उपस्थित हुन भएन ।

ढकालले एक महिना लगाएर तयार पारेको प्रतिवेदनमा जस्ताको तेस्तै सार्वजनिक भएपछि पार्टीभित्रको विवाद छताछुल्ल भएको छ । प्रतिवेदनमा पार्टी यही ढंगबाट चले आगामी निर्वाचनमा राष्ट्रिय पार्टी नहुनेदेखि सभापति रवि लामिछाने एकलौटी ढंगले चलेको उल्लेख गरिएको थियो ।

प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक हुनुपर्ने र केन्द्रीय कमिटी बैठक प्रत्यक्ष प्रसारण गर्नुपर्ने ढकालको माग थियो । बैठक प्रत्यक्ष गर्नुपर्ने प्रस्तावमा ९० प्रतिशत बढी केन्द्रीय सदस्य असहमत भएपछि मास्क र कालोटेप लगाएर बैठकमा बसेका ढकालले मिडियामार्फत प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);