विभिन्न स्थानमा रहेका ८० वटा खानी खोजीका लागि भूगर्भ विभागले दियो अनुमति | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

विभिन्न स्थानमा रहेका ८० वटा खानी खोजीका लागि भूगर्भ विभागले दियो अनुमति

खानी तथा भूगर्भ विभागले देशका विभिन्न स्थानमा रहेका ८० वटा खानी खोजीका लागि अनुमति दिएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म विभिन्न कम्पनीलाई खानी खोजतलासका लागि प्रमाणपत्र प्रदान गरेको विभागले जनाएको छ ।

विभागले आठवटा खानी उत्खननका लागि प्रमाणपत्र प्रदान गरेको छ । चालु आर्थिक वर्षमा देशभरिका विभिन्न एक सय सात खानीको अनुगमन गरेको र एक सय १४ स्थानको उत्खनन तथा खोजतलास अनुमति प्रमाणपत्र रद्द गरेको विभागले जनाएको छ ।

यस्तै दैलेखमा रहेको सम्भावित पेट्रोलियम भण्डार क्षेत्र अन्वेषणका लागि चीन सरकारको सहयोगमा ड्रिलिङ कार्य सञ्चालन भइरहेको विभागले जनाएको छ । हालसम्म ९५१ मिटर ‘ड्रिलिङ’ कार्य सम्पन्न भइसकेको छ ।

विभागले चालू आर्थिक वर्षमा देशका विभिन्न भूभागमा चार रेक्टर स्केलभन्दा माथिका ५७ भूकम्प मापन भएको समेत जनाएको छ ।

यस अवधिमा गोरखाको बारपाकमा भूकम्प तथा पहिरोसम्बन्धी अभिमुखीकरण, मधेश प्रदेशअन्तर्गत जीतपुर सिमरा र आसपासका क्षेत्रको भूइन्जिनियरिङ तथा भूवातावरणीय अध्ययन गरिएको पनि विभागले जनाएको छ ।

विभागले पहिलो चरणमा सुर्खेतस्थित चुनढुङ्गा खानीको प्रवर्धन सम्पन्न गरेको र यो समयमा ५८ करोड ७४ लाख राजस्व संकलन गरेको छ । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);