देश/समाज

कांग्रेसले पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाउँदै

असार १८, २०८१ नेपाली कांग्रेसले पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाउँदै छ ।

यस अवसरमा कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा फोटो प्रदर्शनी र बहस कार्यक्रम गर्दै छ । कार्यक्रमको पहिलो सेसन फोटो प्रदर्शनी हुनेछ ।

कोइरालासँग सम्बन्धित १५१ भन्दा बढी फोटो प्रदर्शनीमा राखिने कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी गराउनु भएको छ ।

२००७ सालदेखि २०६४ सालसम्मका इतिहासले समेट्ने फोटोहरू राखिन्छ । ती सबै फोटो गिरीजाबाबुसँग सम्बन्धित हुने विश्वकर्माले बताउनु भएको छ । को

इरालालाई विमर्शको केन्द्रमा राखेर तीन शीर्षकमा बहस कार्यक्रम समेत हुने छ । क्रान्तिदेखि शान्तिसम्म’ विषयक बहसमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा एमालेका नेता प्रदीप ज्ञवाली वक्ता हुनुहुन्छ । बहसको सहजीकरण राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले गर्नुहुने छ ।

बहसको दोस्रो विषय ‘समुन्नतिको दोस्रो जग’ राखिएको छ । बहसमा लेखक हरि शर्मा, अच्युत वाग्ले र मञ्चला झाले धारणा राख्ने तय भएको छ । समुन्नतिको दोस्रो जग’ विषयको बहसको सहजीकरण अर्थविद् डा. विश्व पौडेलले गर्नुहुने छ ।

जन्मजयन्तीमा नौलो कार्यक्रमका रूपमा फोटो पत्रकारलाई पनि वक्ताका रूपमा राखेर बहस गर्न लागिएको प्रचार विभाग प्रमुख विश्वकर्माले बताए । ‘

फोटो पत्रकारिता ः जोखिम र अनुभव’ शीर्षकको छलफलमा फोटो पत्रकारहरू चन्द्रशेखर कार्की, गोपाल चित्रकार, विकास रौनियार र प्रकाश माथेमा वक्ता हुनुहन्छ । फोटो पत्रकारसँगको संवादलाई पत्रकार सुधीर शर्माले सञ्चालन गर्ने छन् । कार्यक्रममा प्रमुख दलका नेताहरुलाई पनि आमन्त्रण गरिएको छ ।०००

Related Post
Share

This website uses cookies.