चिनिया उपविदेशमन्त्री सुन आज नेपाल आउँदै | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८१, सोमबार

चिनिया उपविदेशमन्त्री सुन आज नेपाल आउँदै

चीनका उपविदेशमन्त्री सुन वेइडोङ आज नेपालको तीनदिने औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ ।

मंगलबार काठमाडौंमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुन उहाँ नेपाल आउन लाग्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुने छ ।

भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल गरिने पनि मन्त्रालयले जनाएको छ ।

त्यसक्रममा चिनिया उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्तासमेत गर्ने कार्यक्रम रहेको छ ।

उपविदेशमन्त्री सुन असार १२ गते स्वदेश फर्किने मन्त्रालयले जनाएको छ । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);