साउदी अरबमा अत्यधिक गर्मीका कारण साढे पाँच सय जनाभन्दा धेरै हजयात्रीको ज्यान गएको छ ।
पछिल्लो तथ्यांक अनुसार अत्यधिक गर्मीका कारण ५ सय ५५ हजयात्रीको ज्यान गएको र दुई हजार जना गम्भीर बिरामी छन् ।
बिरामीको उपचार भइरहेको साउदी सरकारलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अहिले साउदीको तापक्रम झन्डै ५२ डिग्री सेल्सियसम्म पुगेको छ ।
विश्वभरबाट हजयात्रामा गएका लाखौँ हजयात्री गर्मीले समस्यामा परेका छन् । ज्यान गुमाउनेमध्ये तीन सय २० जना इजिप्टका नागरिक छन् ।
यस्तै इन्डोनेसियाको स्वास्थ्य मन्त्रालयले तीर्थयात्रामा गएका आफ्ना एक सय ४४ जनाको ज्यान गएको जनाएको छ । जोर्डन, सेनेगल, ट्युनिसिया र इरानले पनि आफ्ना नागरिक गुमाएको बताएका छन् ।
यसपटक विश्वभरबाट १८ लाख जना हजयात्राको लागि साउदीको मक्कामा पुगेका छन् ।
दिउँसो अत्यधिक गर्मी हुँदा बिहान र बेलुका हजको प्राथना हुने गरेको छ, त्यो बेला भीड बढ्दा कयौँले निसासिएर ज्यान गुमाएका खबरमा उल्लेख छ ।०००




