राष्ट्रपतिको जेनेभा भ्रमण स्वीकृत | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८२, आइतबार

राष्ट्रपतिको जेनेभा भ्रमण स्वीकृत

२८ जेठ, काठमाडौं । राष्ट्रपति विद्या भण्डारी आगामी जेठ ३० गतेदेखि जेनेभामा सुरु हुने १ सय २६ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुनुहुने भएको छ ।

राष्ट्रपतिको जेनेभा भ्रमण स्वीकृत

२८ जेठ, काठमाडौं । राष्ट्रपति विद्या भण्डारी आगामी जेठ ३० गतेदेखि जेनेभामा सुरु हुने १ सय २६ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुनुहुने भएको छ । आईतबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति भण्डारीको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुने प्रस्ताव स्वीकृत गरेको छ । राष्ट्रपति भण्डारीलाई अन्तर्राष्ट्रिय श्रम संगठनले सम्मेलनमा सहभागी हुन नियन्त्रणा गरेको थियो । अन्तर्राष्ट्रिय श्रम संगठनले राष्ट्रपति भण्डारीलाई सम्मेलनमा सहभागी हुन नियन्त्रणा गरेकाले त्यसलाई स्वीकृत गरिएको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो ।

राष्ट्रपति भण्डारीले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ । सरकारले जापान सरकारले नेपालको निजामती कर्मचारीहरुलाई जापान विकासको अध्ययनका लागि हरेक वर्ष उपलब्ध गराउँदै आएको २६ करोड ५३ लाख बराबरको अनुदान सहायता लिन पनि अर्थ मन्त्रालयलाई सहमति दिएको छ । जापानले हरेक वर्ष २० जना नेपालका निजामती कर्मचारीलाई जापानको विकास अध्ययनका लागि आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ ।

अर्थमन्त्री कार्कीले राष्ट्रिय जनता पार्टी, नेपाल असार १४ गते हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनमा सहभागी हुने विश्वास समेत व्यक्त गर्नु भएको छ । उहाँले सरकारले राष्ट्रिय जनता पार्टी, नेपाललाई निर्वाचनमा सहभागी गराउनकै लागि राजनीतिक दलसम्बन्धि ऐन संशोधन गरिएको जानकारी दिनु भयो । सरकारले स्थानीय तह दोस्रो चरणको निर्वाचन अघि संविधान संशोधन प्रस्ताव पारित गर्न भने नसकिने जनाउँदै आएको छ ।

Leave a Reply