लगातार भारी वर्षा भएपछि अमेरिकाको फ्लोरिडा राज्यमा आपतकाल घोषणा | ईमाउण्टेन समाचार

Our Network

असार १ २०८१, शुक्रबार

लगातार भारी वर्षा भएपछि अमेरिकाको फ्लोरिडा राज्यमा आपतकाल घोषणा

लगातार भारी वर्षा भएपछि अमेरिकाको फ्लोरिडा राज्यमा आपतकाल घोषणा गरिएको छ ।

राज्यका गभर्नर रोन डेसेन्टिसले दक्षिण फ्लोरिडाका ब्रोवार्ड, कोलियर, ली, मियामी–डेड र सारासोटासहित केही काउन्टीमा आपतकाल घोषणा गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

मियामीको राष्ट्रिय मौसम सेवाले हल्यान्डेल र हलिउडसहित ब्रोवार्ड र मियामी–डेड काउन्टीका केही भागमा अझै पनि ज्यान लिने बाढीले घर, कम्पनी र सडकहरूलाई असर गरिरहेको बताएको छ ।

ब्रोवार्ड र मियामी–डेड दुवै काउन्टीमा सात इञ्चसम्म वर्षा भएको छ । फोर्ट लोडरडेल–हलिउड क्षेत्रमा वर्षाको दर १० सेन्टिमिटरसम्म पुगेको छ।

सारासोटामा पनि करिब १० सेन्टिमिटर वर्षा भएको छ ।
अमेरिकामा सबैभन्दा लामो तटरेखा भएको फ्लोरिडा राज्य र मेक्सिको खाडी एटलान्टिक महासागर र फ्लोरिडा स्ट्रेटबीचको प्रायद्वीप हो ।

भौगोलिक स्थितिका कारण यस राज्यमा प्रत्येक वर्ष वर्षा र तुफान आउँछ । सन् २०२३ अगस्ट २९ मा तूफान इडालियाको सम्पर्कमा आउँदा दुईजनाको मृत्यु भएको थियो ।०००

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);