विश्वकप एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपाल यमनसँग बराबरीमा, सञ्जीव विष्ट र जिलेस्पी जंग कार्कीले गरे पहिलो अन्तराष्ट्रिय गोल | ईमाउण्टेन समाचार

Our Network

जेठ ३० २०८१, बुधवार

विश्वकप एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपाल यमनसँग बराबरीमा, सञ्जीव विष्ट र जिलेस्पी जंग कार्कीले गरे पहिलो अन्तराष्ट्रिय गोल

अन्तिम मिनेटमा अग्रता जोगाउन नसक्दा फिफा विश्वकप २०२६ एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले यमनसँग बराबरी खेलेको छ ।

अघिल्ला ५ खेलमा जित र गोलविहिन नेपालले साउदी अरबको दम्माम शहर स्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा यमन विरुद्ध २–२ को बराबरी खेल्दै दोस्रो चरणको पहिलो अंक जोडेको हो ।

नेपालका लागि फरवार्डद्वय सञ्जीव विष्ट र जिलेस्पी जंग कार्कीले १–१ गोल गरे । दुवै खेलाडीका लागि अन्तराष्ट्रिय करियरको पहिलो गोल हो ।

नवौं मिनेटमा मनिष डाँगीले फाउल गरेपछि पाएको पेनाल्टीमा नसीम अल–गाहवाहीले गोल गर्दै यमनलाई अग्रता दिलाए । २३औं मिनेटमा सञ्जीवले बराबरी गोल गरे ।

६६औं मिनेटमा छिरिङ लामाको क्रसमा सञ्जीवकै हेडर जिलेस्पीलाई लागेर गोल भएपछि नेपालले अग्रता लियो ।

तर इन्ज्युरी समयको पहिलो मिनेटमा यमनले मोहम्मद अल–दाहीको गोल मार्फत बराबरी गर्दै एक अंक लिन सफल भएको हो । नेपालले यस खेल अघि कुनै पनि गोल नगर्दा ५ खेलमा १८ गोल खाइसकेको थियो ।

तर अन्ततः नेपालले २ गोल गर्न सफल भएको हो । नेपालले समूहमा ६ खेलमा १ अंक सहित दोस्रो चरणको यात्राको अन्त्य गरेको छ ।

नेपाल रहेको समूह ‘एच’ मा युएईले १६ अंक सहित पहिलो हुँदै र बहराइन ११ अंक सहित दोस्रो हुँदै छनोटको तेस्रो चरणमा प्रवेश गरेका छन् । यस्तै ५ अंक सहित तेस्रो भएको यमन र नेपालले एसियन कप छनोटको तेस्रो चरण खेल्ने छन् ।०००

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);