प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय राष्ट्रपति द्रैपदी मुर्मुले दिएको रात्रिभोजमा सहभागी हुनु भएको छ ।
राष्ट्रपति भवनको प्राङ्गणमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको सपथ गराएपछि राष्ट्रपति मुर्मुले रात्रिभोजको आयोजना गर्नु भएको हो ।
रात्रिभोजको अवसरमा प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच संक्षिप्त कुराकानी भएको जनाइएको छ ।
रात्रिभोजमा श्रीलङ्काका राष्ट्रपति रणील विक्रमासिङ्गे, मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, मौरिससका प्रधानमन्त्री प्रबिन्द जुग्नौथ लगायतको उपस्थिी थियो ।
प्रधानमन्त्री दाहालले आज भारतीय राष्ट्रपति मुर्मुसँग भेटघाट गर्नु हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहाल शपथग्रहण समारोहमा सहभागी हुन आइतबार दिउँसो नयाँ दिल्ली प्रस्थान गर्नु भएको थियो
। प्रधानमन्त्री दाहालका साथमा गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी रहेका छन् । प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किने कार्यक्रम छ । ०००