प्रधानमन्त्री दाहाल भारतीय राष्ट्रपतिको रात्रिभोजमा सहभागी, आज राष्ट्रपति मुर्मुसँग भेटवार्ता गरि आजै स्वदेश फर्कने | ईमाउण्टेन समाचार

Our Network

जेठ २८ २०८१, सोमबार

प्रधानमन्त्री दाहाल भारतीय राष्ट्रपतिको रात्रिभोजमा सहभागी, आज राष्ट्रपति मुर्मुसँग भेटवार्ता गरि आजै स्वदेश फर्कने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय राष्ट्रपति द्रैपदी मुर्मुले दिएको रात्रिभोजमा सहभागी हुनु भएको छ ।

राष्ट्रपति भवनको प्राङ्गणमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको सपथ गराएपछि राष्ट्रपति मुर्मुले रात्रिभोजको आयोजना गर्नु भएको हो ।

रात्रिभोजको अवसरमा प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच संक्षिप्त कुराकानी भएको जनाइएको छ ।

रात्रिभोजमा श्रीलङ्काका राष्ट्रपति रणील विक्रमासिङ्गे, मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, मौरिससका प्रधानमन्त्री प्रबिन्द जुग्नौथ लगायतको उपस्थिी थियो ।

प्रधानमन्त्री दाहालले आज भारतीय राष्ट्रपति मुर्मुसँग भेटघाट गर्नु हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहाल शपथग्रहण समारोहमा सहभागी हुन आइतबार दिउँसो नयाँ दिल्ली प्रस्थान गर्नु भएको थियो

। प्रधानमन्त्री दाहालका साथमा गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी रहेका छन् । प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किने कार्यक्रम छ । ०००

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);