खाद्य स्वच्छतामा लगानी बढाऔँ, अप्रत्याशित अवस्थाको पूर्व तयारी गरौँ’ भन्ने मूल नाराका साथ आज विश्व खाद्य स्वच्छता दिवस मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८३, आइतबार

खाद्य स्वच्छतामा लगानी बढाऔँ, अप्रत्याशित अवस्थाको पूर्व तयारी गरौँ’ भन्ने मूल नाराका साथ आज विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

खाद्य स्वच्छतामा लगानी बढाऔँ, अप्रत्याशित अवस्थाको पूर्व तयारी गरौँ’ भन्ने मूल नाराका साथ आज विश्व खाद्य स्वच्छता दिवस मनाइँदैछ ।

हरेक वर्ष जुन ७ मा विश्वभर विभिन्न कार्यक्रमका साथ दिवस मनाइन्छ ।

नेपालमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयोजनामा एक हप्तादेखि नै विभिन्न चेतनामुलक कार्यक्रम भइरहेको छ ।

खाद्य स्वच्छताको महत्वलाई आम नागरिकमा पु¥याउन विभागले २०६५ सालदेखि खाद्य स्वच्छता दिवसको अभियान गर्दै आएको छ ।

विभिन्न जोखिमबाट हुन सक्ने अप्रत्याशित अवस्थाको पूर्व तयारी गर्न खाद्य श्रृङ्खलाको प्रारम्भिक उत्पादनदेखि प्रशोधन, सञ्चय, ढुवानी, बिक्री वितरण र उपभोगसम्मको चरणमा संलग्न सबै पक्षको महत्त्वपूर्ण भूमिका हुने विभागले जनाएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐनले मानव स्वास्थ्यको सुरक्षा तथा उपभोक्ताहित संरक्षणका लागि खाद्य श्रृङ्खलाका सबै चरणमा वैज्ञानिक तथ्यका आधारमा खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण र यसको नियमनको कानुनी व्यवस्था गरेको छ ।००

Leave a Reply