आईसीसी टि ट्वान्टी विश्वकप क्रिकेटको समूह चरणमा पाकिस्तान अमेरिकासँग स्तब्ध | ईमाउण्टेन समाचार

Our Network

जेठ २५ २०८१, शुक्रबार

आईसीसी टि ट्वान्टी विश्वकप क्रिकेटको समूह चरणमा पाकिस्तान अमेरिकासँग स्तब्ध

आईसीसी टि ट्वान्टी विश्वकपको समूह चरणमा पाकिस्तान अमेरिकासँग स्तब्ध भएको छ ।

सहआयोजक अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा स्तब्ध बनाएको हो । समूह ए अन्तर्गत सुपर ओभरमा खेल जित्न १९ रनको चुनौति पाएको पाकिस्तानलाई सौरभ नेत्रवालकरले १३ रनमा सिमित गरेर अमेरिकाका लागि ऐतिहासिक जित दर्ता गराएका हुन् ।

सुपर ओभरमा पाकिस्तानका मोहम्मद आमिरले १८ रन खर्चिए । १६० रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५९ रन बनायो ।

अन्तिम ओभरमा अमेरिकालाई जितको लागि ६ बलमा १५ रन चाहिँदा हरिस रौफले १४ रन खर्चेपछि खेल बराबर भएको हो । अमेरिकाका जितमा कप्तान मोनांक पटेलले ३८ बलमा ७ चौका र १ छक्कासहित ५० रन बनाए ।

ओपनर स्टिभ टेलर १२ रनमा आउट भएपछि दोस्रो विकेटका लागि मोनांक र एन्ड्रिस गौसले ४८ बलमा ६८ रनको साझेदारी गर्दै जितको आधार तय गरे । गौस २६ बलमा ५ चौका र १ छक्कासहित ३५ रनमा आउट भए । आरोन जोन्स २६ बलमा २ चौका र २ छक्कासहित ३६ र नितेश कुमारले १४ रन बनाए ।

पाकिस्तानका मोहम्मद आमिर, नसिम साह र हरिस रौफले १–१ विकेट लिए । त्यसअघि अमेरिकाको डलासस्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाउँदै १५९ रन बनायो ।

कप्तान बाबर आजमले ४४, सादब खानले २५ बलमा १ चौका र ३ छक्कासहित ४० ,शाहिन शाह अफ्रिदीले अविजित २३ र इफ्तिखर अहमदले १८ रन बनाए । अमेरिकाका नोष्थुश केजिंगेले ३ र सौरभ नेत्रवालकरले २ विकेट लिए ।टी–२० विश्वकप क्रिेकेट अन्तर्गत अर्काे खेलमा स्कटल्यान्डले नामिबियालाई ५ विकेटले हराएको छ ।

समूह बी मा स्कटल्यान्डले पहिलो जित हात पार्नेक्रममा १५६ रनको लक्ष्य स्कटल्यान्डले १८.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);