संघीय संसदका दुईवटा समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३ २०८१, सोमबार

संघीय संसदका दुईवटा समितिको बैठक बस्दै

२२ जेठ २०८१काठमाडौं– संघीय संसदका दुईवटा समितिको बैठक आज बस्दैछ ।

आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा लुम्बिनी विकास कोषबाट भएका कामकारवाही, प्रमुख सवाल, समस्या र भावी कार्ययोजनाका विषयमा छलफल हुनेछ ।

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो साढे १२ बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा सार्वजनिक नीतिको आवश्यकता, महत्त्व, कार्यान्वयन अवस्था लगायत विषयहरुका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);