मिस नेपाल २०२४ का २६ फाइनलिस्ट घोषणा | ईमाउण्टेन समाचार

Our Network

जेठ १९ २०८१, शनिबार

मिस नेपाल २०२४ का २६ फाइनलिस्ट घोषणा

काठमाडौं । मिस नेपाल २०२४ को उपाधिका लागि २६ जना सुन्दरीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

शुक्रबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगी अंक प्रदान गरियो ।

‘स्यास सेरेमोनी’मा छनोट सुन्दरीले आफ्नो परिचय दिँदै प्रतियोगी नम्बरबारे जानकारी गराए । प्रतियोगिताका लागि देशभरबाट डेढसय सुन्दरीले अडिसन दिएका थिए ।

आयोजक संस्था द हिडन ट्रेजरका निर्देशक र प्रायोजकले प्रतियोगीलाई स्यास प्रदान गरे । यसपटक पनि नेपालसहित डायस्पोराबाट समेत प्रतिस्पर्धी आएका छन् ।

यसपटक दैलेख, कैलाली, म्याग्दी लगायतका थलोबाट समेत सुन्दरी छनोट भएका छन् । काठमाडौं, ललितपुर, पोखरा लगायतका थलोसहित उपत्यकाबाहिरका सुन्दरीले पनि भाग लिएका छन् ।

फाइनलिस्ट प्रतियोगी घोषणासँगै अब सहविधाका प्रतिस्पर्धा आयोजना हुनेछन् । ११ विधामा यसपटक सहविधा संचालन हुनेछन् । मिस नेपाल वल्र्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थको विधाका लागि सुन्दरीको प्रतिस्पर्धा हुनेछ ।

मिस नेपालको अफिसियल अनलाइन पोर्टलको रुपमा अनलाइनखबर डटकम रहेको छ । यसवर्षको ग्राण्ड फिनाले साउन १९ गते ललितपुरको सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुँदैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);