मकवानपुरमा भयानक बस दुर्घटना ,२० जना घाइते | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८२, बुधवार

मकवानपुरमा भयानक बस दुर्घटना ,२० जना घाइते

२०८१ जेष्ठ १८, शुक्रबार मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्।

शुक्रबार बिहान २ः४५ मिनेटको समयमा मनहरी–९ ज्यामिरेमा बस दुर्घटना हुँदा २० जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकडभिट्टाबाट नेपालगन्ज जाँदै गरेको ना ५ ख ५५१५ नम्बरको यात्रुबाहक बसको अगाडिको पट्टा भाचिदा मनहरीमा बस अनियन्त्रित भइ दुर्घटना भएको हो ।

बस सडकको दाहिने साइडको नालीमा पर्न गई कोल्टे हुँदा बसमा सवार मध्य ११ जना स्थानिय मेडिकलमा उपचार भइरहेको छ भने र नौ जनाको उपचारका लागि चितवन पठाइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply