जेठ २० गते आइतबारदेखि संसदको दुवै सदनमा नयाँ बजेटमाथि छलफल हुने | ईमाउण्टेन समाचार

Our Network

जेठ १८ २०८१, शुक्रबार

जेठ २० गते आइतबारदेखि संसदको दुवै सदनमा नयाँ बजेटमाथि छलफल हुने

जेठ २० गते आइतबारदेखि संसदको दुवै सदनमा आर्थिक वर्ष २०८१÷०८२ को राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि छलफल हुने भएको छ ।

संयुक्त बैठकमा प्रस्तुत गरेको बजेट अर्थमन्त्री वर्षमान पुनले दुवै सदनमा टेबुल गरेपछि २० गते आइतबारदेखि छलफलको समय तोकिएको हो ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यही जेठ २०, २१ र २२ गते सभामा बजेटमाथि सामान्य छलफल र २२ गते नै अर्थमन्त्रीले छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफका लागि तोक्नु भएको छ । राष्ट्रियसभाको अर्को बैठक यही आइतबार अपराह्न सवा १ बजे बस्ने छ ।
यस्तै उक्त बजेटमाथि सामान्य सैद्धान्तिक) छलफलका लागि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले यही जेठ २०, २१ र २२ गतेका दिन तोक्नु भएको छ ।

अर्थमन्त्री पुनले छलफलमा उठेका प्रश्नको जवाफ जेठ २३ गते दिने कार्यक्रम तय गरिएको छ। प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २० गते आइतबार विहान ११ बजे बस्नेछ। ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);