फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै सगरमाथा चढेर राखिन महिला आरोहीको कीर्तिमान | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८१, सोमबार

फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै सगरमाथा चढेर राखिन महिला आरोहीको कीर्तिमान

फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा चढेर महिला आरोहीको कीर्तिमान
राख्नु भएको छ ।
१४ घण्टा ३१ मिनेटमा सगरमाथा चढेर फुञ्जोले कीर्तिमान राख्नु भएको हो । यसअघि सन् २०१८ मा फुञ्जोले नै ३९ घण्टा ६ मिनेटमा सगरमाथाको शिखरमा पुगेर बनाएको रेकर्ड सन् २०२१ मा हङकङकी स्याङ यिन हङले २५ घण्टा ५० मिनेटबाट भंग गर्नु भएको थियो ।

फुञ्जोले यसपटक त्यो कीर्तिमान तोड्नु भएको हो । यसअघि दोलखाका पेम्बादोर्जे शेर्पाले आठ घण्टा १० मिनेटमा सगरमाथा आरोहण गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने पुरुषको रूपमा गिनिजबुकमा रेकर्ड लेखाइसक्नु भएको छ ।

२०४३ मा गोरखाको छेकम्पार बुर्जी गाउँ (चुम भ्याली) मा सामान्य परिवारमा जन्मेकी फुञ्जोको सानै उमेरदेखि हिमाल आरोहणमा रुचि थियो ।

अमेरिकाको ‘डेनाली’ हिमाल आरोहण गरेर आरोहण यात्रा प्रारम्भ गरेकी फुञ्जोले चोयु, अमाडब्लम, लापुछे, मनास्लुजस्ता हिमाल चढिसक्नु भएको छ ।

उहाँँले फ्रान्सको ‘मोमलङ’ हिमाल पनि आरोहण गरिसक्नु भएको छ । फुञ्जोको यो साहसिक कार्यले संसारभर नेपालको साहसिक पर्यटन प्रवर्द्धमा सन्देश दिनुका साथै विश्वशान्ति, जलवायु परिवर्तन, पर्यटन प्रवर्द्धमा लाग्ने आरोहीको प्रोत्साहनमा पनि भूमिका खेल्ने विश्वास गरिएको छ ।

फुञ्जोले हिमाल आरोहणका क्रममा दुर्घटनामा परेकालाई हेलिकप्टरमा झुण्डिएर उद्धार गर्ने काम गर्दै आउनु भएको छ । पहिलो नेपाली महिला हेलिकप्टर लामोलाइन उद्धारकर्ता फुञ्जो यसअघि नै तेन्जिङ–हिलारी पुरस्कारबाट सम्मानित भइसक्नु भएको छ । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);