प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बिहान ११ बजे बस्ने नेपाली कांग्रेसले जनाएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन माग गर्दै कांग्रेसले संसद अवरूद्ध गर्दै आइरहेको छ ।
तर सत्ता पक्षले सांसदमा जवरजस्ती गरिरहेको कांग्रेसको ठहर छ । संसदीय छानबिन समिति बनाउन सरकार तयार पनि भएको छ ।
तर समितिको टिओआरका सम्बन्धमा सत्तापक्ष र प्रतिपक्षबीच विवाद हुँदा यो प्रक्रिया पनि अघि बढ्न सकेको छैन ।
छानबिन समितिमा नाम किटान गर्नु नहुने सत्तापक्षको जोड, मागबाट पछि नहट्ने कांग्रेसको अडानपछि मध्यमार्गी उपायको खोजि भइरहेको छ । ०००