उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाललाई फिल्म छायांकन गर्ने प्रमुख देश बनाउनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा सोमवार काठमाडौंमा आयोजित समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री महासेठले नेपाललाई फिल्म छायांकन गर्ने प्रमुख देश बनाउनुपर्ने बताउनुभएको हो ।
उहाँले हिमाल, पहाड र तराईको स्ांगम भौगोलिक स्थिति मिलेको देश नेपाल भएको उल्लेख गर्नु भयो ।
नेपाललाई फिल्म छायांकनको हब बनाउन सरकारले पनि आवश्यक पहल गर्ने भन्दै उपप्रधानमन्त्री महासेठले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको स्विकार गर्नुभयो ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्र क्षेत्रलाई साथ र सहयोगको आवश्यक रहेको औंल्याउनु भयो । उहाँले नेपाली चलचित्र क्षेत्रलाई विश्वव्यापीकरण गर्न लागिरहेको बताउनु भयो ।
अध्यक्ष केसीले नयाँ चलचित्र ऐन बन्न नसक्दा समस्या आइरहेको बताउनु भयो । ०००