पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग आजबाट १६ दिन बन्द हुने | ईमाउण्टेन समाचार

Our Network

पुष २२ २०८१, सोमबार

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग आजबाट १६ दिन बन्द हुने

पृथ्वीराजमार्गअन्तर्गत तनहुँस्थित दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म बन्द हुने भएको छ ।

स्तरोन्नतिको काम भइरहेकाले आजदेखि जेठ २१ गतेसम्म बाटो पूर्ण रूपमा बन्द गरिएको हो ।

रानीटारीबाट हर्षपुरसम्मको बाटो बन्द गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

धमाधम सडक स्तरोन्नति भइरहेकाले वैकल्पिक मार्ग अपनाउन कार्यालयले सवारी चालक तथा यात्रुहरुलाई अनुरोध गरेको छ ।

व्यास नगरपालिका–५ रानीटारीबाट म्याग्दे गाउँपालिका हुँदै राजमार्गको घुम्ती जोड्ने ९.४५२ किलोमिटर मार्गमा पानी निकासको नालासहित सडक विस्तार भईरहेको छ ।

कुल १ हजार ९५० मिटर ढलान गर्नुपर्ने सडकखण्डको १ हजार ६ सय मिटर काम पूरा भएको छ भने ९ किलोमिटर लामो नालाको काम पनि अन्तिम चरणमा रहेको छ ।

आठ किलोमिटर खण्डमा आस्फल्ट प्रविधिको कालोपत्रे गरिनेछ र उक्त मार्गको हालसम्म ६२ प्रतिशत कार्यप्रगति भएको बताईएको छ । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);