सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिदै | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिदै

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ ।

यसअघि विश्वासको मत दिन आनाकानी गर्दै आएको नेकपा एमालेले समर्थन गर्ने निर्णय गरिसकेको छ ।

दुई पटकको प्रयासपछि सोडारीले विश्वासको मत पाउने निश्चित छ । सोडारी एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ पक्षधर दुई प्रदेशसभा सदस्य र स्वतन्त्र सांसद तारा जोशीको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त हुनु भएको हो ।

५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टर्कीा सात, एकीकृत समाजवादीका चार, राप्रपा एक र एक जना स्वतन्त्र सांसद छन् ।

संविधानको धारा १६८ (२) अनुसार वैशाख ६ गते सोडारी मुख्यमन्त्री नियुक्त भएका सोडारीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

यसअघि सत्तासाझेदार नेकपा (एमाले) ले तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि वैशाख २१ र २२ गते मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाउनुभएको प्रदेशसभाको बैठक स्थगित गरिएको थियो।

सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बुधबार बसेको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ । विश्वासको मत दिए पनि एमाले तत्काल प्रदेश सरकार सहभागी नहुने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);