नीति तथा कार्यक्रम प्रस्तुत गर्न अवरोध नहुने प्रधानमन्त्री प्रचण्डको विश्वास | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८२, शनिबार

नीति तथा कार्यक्रम प्रस्तुत गर्न अवरोध नहुने प्रधानमन्त्री प्रचण्डको विश्वास

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बिना अवरोध प्रश्तुत हुने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वसँग गम्भिर छलफल गरेपछि जेठ १ गते नीति तथा कार्यक्रम बिना अवरोध प्रश्तुत हुने विश्वास व्यक्त गर्नु भएको हो ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरण छानविन समिति नबनेसम्म संसद चल्न नदिने चेतावनी दिइरहेका बेला प्रधानमन्त्री प्रचण्डले काँग्रेस नेतृत्वसँग गम्भिर छलफल गरेको र सोमबार बेलुकासम्म सरकारको नीति तथा कार्यक्रम सहज ढंगले अघि बढने वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले काँग्रेससँग सहमतीको ढोका खोल्नका लागि आफूले गम्भिरतापूर्वक छलफल गरेको पनि स्पष्ट पार्नुभयो । आईतवार दिउँसो राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रमपछि प्रधानमन्त्री प्रचण्डले काँग्रेससँग अझै छलफल गरेर सोमबार बेलुकासम्म निष्कर्ष निकाल्ने बताउनु भयो ।

यसैबीच कांग्रेसले गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक रहेको प्रतिक्रिया दिएको छ ।

आईतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको काँग्रेसका नेताहरुसँगको बैठकमा प्रधानमन्त्री सहकारी प्रकरणको अनुसन्धान समिति बनाएर गर्न सकारात्मक रहेको काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताउनु भयो ।

प्रमुख सचेतक लेखकले सोमवार बस्ने काँग्रेस संसदीय दलको बैठकबाट थप निर्णय गर्ने पनि बताउनु भयो ।०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);