नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कृषि उत्पादनमा मुलुक आत्मनिर्भर हुनुपर्नेमा जोड | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कृषि उत्पादनमा मुलुक आत्मनिर्भर हुनुपर्नेमा जोड

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कृषि उत्पादनमा मुलुक आत्मनिर्भर हुनुपर्नेमा जोड दिनु भएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले कृषिको प्रचुर सम्भावना हुदाहुदै पनि देश पर निर्भर भएकोमा दुख व्यक्त गर्नुभयो ।

उहाँले नेपालमा पर्यटनको विशाल सम्भावना रहेको, पिउने शुद्ध पानीे निर्यात गर्न सकिनेऔंल्याउनु भयो ।

नेपाल सम्पदाको धनी देश भएको उल्लेख गर्दै अध्यक्ष नेपालले हरेक सम्भावनाको क्षेत्रमा मिलेर काम गर्न ढिलाई भइसकेको बताउनु भयो ।

अध्यक्ष नेपालले नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्नुपर्ने र त्यसका लागि निजगढ विमानस्थल निर्माणमा लाग्नुपर्ने बताउदै नारायणहिटी दरबारलाई ग्राण्ड म्युजियमको रुपमा विकास गर्न सरकारले लगानी गर्नुपर्ने तर्क गर्नुभयो ।

गणतन्त्र संग्रहालय, जनजाति संग्रहालय निर्माण गर्न आवश्यक रहेको उहाँको भनाई छ ।
०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);