१५ वटा बाणिज्य बैंकहरुको नाफा १ अर्ब ५६ करोडले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

१५ वटा बाणिज्य बैंकहरुको नाफा १ अर्ब ५६ करोडले बढ्यो

bank

काठमाडौं, १५ माघ । चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा १५ वटा बाणिज्य बैंकहरुको नाफा १ अर्ब ५६ करोडले बढेको छ । हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका १५ बाणिज्य बैंकमध्ये १२ वटाले नाफा बढाएका छन भने ३ वटा बैंकको नाफा घटेको छ ।

१५ बैंकले नाफा समग्रमा १६ दशमलव पाँच चार प्रतिशत बढाएका छन् । १५ वटा बैंकले १० अर्ब ९९ करोड नाफा कमाउन सफल भएका छन् । गत आर्थिक वर्षको सोही अवधीमा यी बैंकहरुको नाफा ९ अर्ब ४३ करोड मात्रै थियो । नेपाल इन्भेष्टमेन्ट बैंकले सबै भन्दा धेरै १ अर्ब ८३ करोड नाफा कमाएको छ भने दोस्रोमा एभरेष्ट बैंकले १ अर्ब १४ करोड नाफा कमाएको छ । एनएमबी बैंकले एक अर्ब नाफा कमाउँदा ग्लोबल आईएमई बैंकले ९५ करोड पुर्याएको छ ।पुस मसान्तसम्ममा नेपाल बंगलादेश बैंक, सिटिजन्स बैंक र बैंक अफ काठमाण्डू भने नाफा बढाउन असफल भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);