आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटको तयारी अन्तिम चरणमा रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार

आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटको तयारी अन्तिम चरणमा रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माण अन्तिम चरणमा पुगेको बताउनु भएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औं स्थापना दिवसको अवसरमा आईतवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले आर्थिक वर्षको नीति र कार्यक्रम निर्माण र बजेट वक्तव्य अन्तिम चरणमा पु¥याएको बताउनुभएको हो ।

प्रतिष्ठानका कुलपति समेत रहनुभएका प्रधानमन्त्री दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका मागहरु सम्बोधन गर्ने आश्वासन दिनुभयो ।

उहाँले आम नागरिकलाई गुणस्तरीय सेवा पु¥याउने राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न पनिे प्रतिष्ठान सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

चिकित्सा विज्ञान राष्‍िट्रय प्रतिष्‍ठानलाई स्वदेशी तथा विदेशी शैक्षिक निकायसँग समन्वय र सहकार्य गरी समयानुकुल बनाउँदै स्तरोन्नति गरी अन्तर्राष्‍िट्रयस्तरको बनाउने प्रचण्डको योजना छ ।

कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा.भूपेन्द्रकुमार बस्नेतले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान तीन सय शैय्या भन्दा माथिका देशभरका सबै अस्पतालमा बिस्तार हुनुपर्ने उल्ल्ेख गर्नुभयो । चिकित्सा विज्ञान राष्ट्रिय
प्रतिष्ठान वीर अस्पतालमा मात्र नभइ देशभरका तीन सय शैय्या भन्दा माथिका सबै अस्पतालमा हुनु अनिवार्य रहेको उहाँको भनाइ थियो ।

उहाँले भरतपुर एवं वीर अस्पतालमा एमबीबीएस कार्यक्रमलाई ल्याउने र प्राथमिकताका साथ अघि बढाउने प्रतिवद्धता
प्रधानमन्त्रीबाट आएको भन्दै खुशी व्यक्त गर्नुभयो । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);