बाँकेको नौबस्तामा ३ हजार कैदीबन्दी क्षमताको गृहमन्त्री रवि लामिछानेले गरे उद्घाटन | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

बाँकेको नौबस्तामा ३ हजार कैदीबन्दी क्षमताको गृहमन्त्री रवि लामिछानेले गरे उद्घाटन

गृहमन्त्री रवि लामिछाने अब खल्तीबाट नाम झिकेर कैद मिनाह गर्ने प्रवृत्तिको अन्त्य हुने दाबी गर्नुभएको छ ।

बाँकेको नौबस्तामा नवनिर्मित क्षेत्रीय कारागार भवनको उद्घाटन गर्दै गृहमन्त्री लामिछानेले पहुँच हुनेले मात्रै कैद मिनाह पाएको भन्ने गुनासो सम्बोधन गर्न खल्तीबाट नाम झिकेर कैद मिनाह गर्ने प्रवृत्तिको अन्त्य हुने दाबी गर्नुभएको हो । उहाँले
कैदीलाई सम्मानजनक काम लगाउने विषयमा छलफल भइरहेको पनि भन्दै कारागारहरू याताना केन्द्र भन्दा पनि सुधार गृह बनून् भन्ने सरकार सचेत रहेको उल्लेख गर्नुृभयो ।

बाँकेको नौबस्तामा उद्घाटन गरिएको कारागार ३ हजार कैदीबन्दी क्षमताको छ । १३४ रोपनी क्षेत्रफलमा फैलिएको कारागारमा २४ सय पुरुष र ६ सय महिला कैदी अटाउँछन् ।

३ अर्बको लागतमा तीन चरणमा निर्माण भएको कारागारमा प्रशासनिक, मेडिकल र स्पोर्टस ब्लक छन् । प्रत्येक ब्लकमा एक–एक हजार कैदीबन्दी अटाउँछन् । ०००

Leave a Reply