नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको आज २५ औं स्मृति दिवस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको आज २५ औं स्मृति दिवस

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायको  रुपमा बुझ्न आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार मनमोहन अधिकारीको २५ औं स्मृति दिवसको अवसरमा एक कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले मनमोहन अधिकारी कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्याय भएको बताउनु भएको हो ।

ललितपुरमा मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा उहाँले स्व. नेता अधिकारी अनेक उत्तारचढावहरु भएपनि कहिले पनि खण्डित नभएको शासन सत्तामा रहँदा मात्रै नभइ प्रतिकुल अवस्थामा समेत स्थिर रहनुभएको उल्लेख गर्नुभयो ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अहिले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त नभएको टिप्पणी गर्नुभयो । उहाँले आजको स्वतन्त्रता मनमोहन अधिकारी जस्ता पहिलो पुस्ताका नेताहरुको उन्नत स्तरको चेतना, त्याग र अठोटबाट पाएको बताउनु भयो ।

मनमोहन अधिकारीको जीवन नयाँ पुस्ताका लागि पढ्नैपर्ने खुला किताव रहेको उल्लेख गर्दै भण्डारीले मनमोहन अधिकारीको सरकारले अघि सारेका आफ्नो गाउँ आफैँ बनाउँ, ज्येष्ठ नागरिकका लागि वृद्धभत्ता जस्ता लोकप्रिय कार्यक्रमहरुमार्फत कम्युनिष्ट पार्टीले सरकार सञ्चालन गर्दा कसरी लोककल्याणकारी काम गर्दछ भन्ने दृष्टान्त प्रश्तुत गर्न सफल भएको बताउनु भयो ।

पूर्वराष्ट्रपति भण्डारीले वृद्ध भत्ता दिने कार्यक्रमले आत्मसम्मान बढाउन र जीवनयापनमा पनि महत्वपूर्ण सहयोग पु¥याएको दाबी गर्नुभयो । ०००

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);