राजनीतिक दलका नेतृत्व मठाधीश बनेका कारण लोकतान्त्रिक प्रणालीमाथि नै टिकाटिप्पणी हुने गरेको,सांसद प्रदीप पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

राजनीतिक दलका नेतृत्व मठाधीश बनेका कारण लोकतान्त्रिक प्रणालीमाथि नै टिकाटिप्पणी हुने गरेको,सांसद प्रदीप पौडेल

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले राजनीतिक दलका नेतृत्व मठाधीश बनेका कारण लोकतान्त्रिक प्रणालीमाथि नै टिकाटिप्पणी हुने गरेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित लोकतान्त्रिक प्रणालीमा नीति, नेतृत्व र नैतिकता विषयक संवाद कार्यक्रममा सांसद पौडेलले दलका नेतृत्वहरु मठाधीश बनेका कारण लोकतन्त्रमाथि प्रश्न उठ्न थालेको बताउनुभएको हो ।

उहाँले अहिलेको लोकतन्त्रमा नीति, नेतृत्व र नैतिकता नै नभएको टिप्पणी गर्नुभयो । उहाँले संविधानले कुनैपनि मठाधीश, निरंकुश शासक र सामन्तीको परिकल्पना नगरेको भएपनि नेतृत्वको व्यवहार निरंकुश शासक र सामन्तीको भन्दा फरक नभएको बताउनु भयो ।

दलमा नेतृत्वकै कुरा सर्वेसर्वा हुने भन्दै उहाँले नेतृत्व मठाधीशको रुपमा प्रश्तुत हुने गरेका बताउनु भयो । उहाँले उहाँले राजनीतिक दलहरुले आन्तरिक लोकतन्त्रको सम्पूर्ण रुपमा प्रयोग नगरेसम्म दलिय व्यवस्था सुदृढ हुन नसक्ने बताउनु भयो ।

उहाँले लोकतन्त्रलाई विधिको शासनको रुपमा महशुस गराउन र कानूनी राज्य भएको स्थिति निर्माण गर्न दलभित्र व्यापक सुधारको आवश्यकता रहेको बताउनु भयो ।

त्यस्तै सोही कार्यक्रममा नेकपा एमालेकी सचेतक सुनिता बरालले लोकतन्त्रलाई बलियो बनाउन हरेकले आफ्नो भुमिका थप परिस्कृति बनाउन जरुरी रहेको बतायनु भयो । उहाँले लोकतन्त्रलाई बलियो बनाउने गरी राजनीतिक नेतृत्व र त्यसको नैतिकताको विषयमा पनि खबरदारी गर्ने कुरालाई निरन्तरता दिनुपर्ने धारणा समेत राख्नुभयो ।

हालसम्म प्राप्त अनुभव र अनुभुतिका विषयलाई आत्मसात गरेर अघि बढ्नसके समृद्ध नेपालः सुःखी नेपालीको राष्ट्रिय संकल्प पूरा हुन कुनैपनि समस्या नहुने विश्वास व्यक्त गर्नुभयो । सचेतक बरालले एउटा सांसदको हैसियतले आफूले लोकतन्त्रको सुदृढीकरणका लागि इमान्दार ढंगले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

सचेतक बरालले राष्ट्रको समृद्धि र स्वाभिमानमा आँच आउन नदिने काममा पनि आफू लागिपर्ने उल्लेख गर्नुभयो ।
०००

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);