जलविद्युतमा लगानी गर्दा विदेशी लगानीकर्तालाई हुने फाइदा सरकारले स्पष्ट रुपमा भन्न सक्नुपर्छः अध्यक्ष कार्की | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

जलविद्युतमा लगानी गर्दा विदेशी लगानीकर्तालाई हुने फाइदा सरकारले स्पष्ट रुपमा भन्न सक्नुपर्छः अध्यक्ष कार्की

काठमाडौं,३० चैत्र । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विदेशी लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्दा हुने फाइदाका विषयमा सरकारले स्पष्ट पार्न सक्नुपर्ने बताउनुभएको छ ।

बिहीवार इप्पानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताउनुभएको हो । उहाँले सरकारले लगानी सम्मेलनमा विदेशी लगानीकर्तालाई जलविद्युतका लगानी गर्दा फाइदाका विषयमा स्पष्ट भन्न र देखाउन सक्नुपर्ने बताउनु भयो । उहाँले त्यसको लागि सरकारले लगानी सम्मेलनअघि आवश्यक नीतिगत सुधार तत्काल गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले पनि जलविद्युतको विकासको लागि विदेशी मात्रै नभएर स्वदेशी लगानीकर्तालाई जलविद्युतमा लगानी गर्न आह्वान गर्नुपर्ने बताउनु भयो । उहाँले सरकार र जनताको पनि सपना नेपाललाई समृद्ध बनाउने भएको बताउनु भयो । उहाँले नेपाललाई समृद्ध बनाउने गरी सरकारले २८ हजार मेगावट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको भन्दै त्यसको लागि ४६ खर्ब आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले लगानी सम्मेलनको लागि विश्वभरका १ हजार भन्दा बढी व्यक्तिहरुलाई निम्ता गरेको जानकारी पाएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपाल सरकार र जनताको पनि सपना नेपाललाई समृद्ध बनाउने भन्ने छ । त्यसमा सरकारले २८ हजार मेगावट विद्युत उत्पादन गर्ने भन्ने लक्ष्य छ । त्यसको लागि ४६ खर्ब आवश्यक पर्छ भनिएको छ । नेपाल सरकारले विश्वभरका १ हजार भन्दा बढी व्यक्तिहरुलाई निम्ता गरेको छ । सरकारले जनतालाई जलविद्युतमा लगानी गर्नका लागि पनि आह्वान गर्नुपर्छ । सरकारले सम्मेलन भन्दा अघि नीतिगत सुधार गर्नुपर्छ । जलविद्युतमा लगानी गर्न आउँदा विदेशी लगानी कर्तालाई फाइदाका विषयमा स्पष्ट रुपमा बोल्न सक्नुपर्छ । लगानी सम्मेलनलाई सहयोग पुग्नेगरी हिमालयन एस्क्पोमा पनि विश्वका धेरै लगानीकर्ता कम्पनीहरुलाई बोलाएका छौं । धेरै सप्लायर्सहरु लगानी गर्न इच्छुक हुनुहुन्छ । धेरै देशका डिजाइनरहरु नेपालमा लगानी गर्ने वातावरण पाउँछ की भनेर एक्स्पोमार्फत आफ्नो उत्पादनलाई लैजान खोज्नुभएको छ । त्योसँगै बेच्न र लगानी गर्न खाजेकाले नेपाल सरकारको उदेश्य अनुसार मुलुकमा २८ हजार विद्युत उत्पादन गर्ने वा सार्थक बनाउन एक्स्पो आयोजना गरेका छौैं । सरकारलाई इप्पानले जलविद्युत विकासमासँगै छौं । सरकार भन्दा फरक बाटोमा छैनौं भनिरहेका छौं । हिमालयन एक्स्पोले सरकारले गर्ने लगानी सम्मेलनलाई ठूलो सहयोग पुग्छ ।’

 

उहाँले लगानी सम्मेलनलाई सहयोग पुग्नेगरी नै इप्पानले हिमालयन एस्क्पोमा विश्वका धेरै लगानीकर्ता कम्पनीहरुलाई बोलाएको बताउनु भयो । उहाँले विदेशी धेरै सप्लायर्स कम्पनी, डिजाइनरहरु नेपालमा जलविद्युतमा लगानी गर्न इच्छुक रहेको बताउनु भयो । उहाँले सरकारको उद्देश्य अनुसार मुलुकमा २८ हजार विद्युत उत्पादन गर्ने वा सार्थक बनाउन एक्स्पो आयोजना गरेको बताउनु भयो । उहाँले इप्पान जलविद्युत विकासमा सरकारसँग हातेमालो गरेर अघि बढ्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);