दक्षिण कोरियाको संसदीय चुनावमा विपक्षी गठबन्धन विजयी,३०० मध्ये १७५ स्थान जित्यो | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

दक्षिण कोरियाको संसदीय चुनावमा विपक्षी गठबन्धन विजयी,३०० मध्ये १७५ स्थान जित्यो

काठमाडौं,२९ चैत्र । दक्षिण कोरियाको संसदीय चुनावमा विपक्षी गठबन्धनले जित हासिल गरेको छ ।

बुधबार ३०० सिटका लागि भएको निर्वाचनमा विपक्षी नेता ली जे–म्युंग नेतृत्वको डेमोक्रेटिक पार्टी डीपीसहितको गठबन्धनले १७५ सिट जितेको कोरियाका मिडियाहरुलाई उद्धृत गर्दै अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

यसैगरी राष्ट्रपति यु सुक येओलको पिपुल पावर पार्टी पीपीपीले १०९ सिट जितेको छ । दक्षिण कोरियामा बुधबार भएको निर्वाचनमा ३२ वर्षयताको सबैभन्दा धेरै ६७ प्रतिशत भोट खसेको थाइ निर्वाचन निकायले जनाएको छ ।

आज बिहानसम्म्मा ९९ प्रतिशत मतगणना भइसकेको अवस्थामा परिणमको टुंगो लागेको हो । विपक्षी पार्टीले सबैभन्दा धेरै सिट जिते पनि एकल बहुमत हासिल गर्न भने सकेको छैन ।०

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);