काठमाडौं,२८ चैत्र । बागमती नगरपालिका सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
५ करोड भन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको पुष्टि भएपछि आरोप–पत्र दायर गरेको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार थापालगायतले ५ करोड ३३ लाख ५३ हजार १ सय ८९ रुपैयाँ भ्रष्टाचार गरेका हुन् ।