काठमाडौँ, २१ कार्तिक । ६१ करोड रुपैयाँ अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्धा दायर भएपछि गत वैशाखदेखि फरार रहेका यातायात कार्यालय कोसीका लेखापाल सुरेश अधिकारी पक्राउ गरेका छन् । उनलाई आईतबार काठमाडौंको रानीबारीबाट पक्राउ गरिएको हो ।
उनीविरुद्ध गत असार ४ मा भ्रष्टाचार मुद्धा दायर भएको थियो । यातायात कार्यालयमा अनियमितता गरेको अर्को छुट्टै आरोपमा उनी पक्रउ परेको हुन्। आजको कान्तिपुर दैनिकमा खबर छ।




