इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८२, आइतबार

इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन

nirbachan ayog new

काठमाडौं,२८ चैत्र । वैशाख १५ गते इलाम क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य तथा बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को उपनिर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको छ ।

इलाम–२ मा १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयन पत्र दर्ता भएकामा स्वतन्त्र उम्मेदवार केशव कुमार चापागाईंले उम्मेदवारी फिर्ता लिएपछि बाँकी १९ जनाको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

निर्वाचन आयोगका अनुसार बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जनाको मनोनयन पत्र दर्ता भएकोमा नेपाली जनता दलका उम्मेदवार अशोक सुनारले उम्मेदवारी फिर्ता लिएपछि बाँकी ११ जनाको अन्तिम नामावली प्रकाशन भई निर्वाचन चिह्न समेत प्रदान गरिएको छ ।

Leave a Reply