राष्ट्रिय सभाको ५६ सिटका लागि ८३ जनाको उम्मेदवारी दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

काठमाडाैं, १० माघ । राष्ट्रिय सभाको ५६ सिटका लागि उम्मेदवारी दर्ता सम्पन्न भएकाे आयोगले जनाएको छ । सातवटै प्रदेशका उच्च अदालत रहेका विराटनगर, जनकपुर, ललितपुर, पोखरा, दाङ र डोटीका निर्वाचन अधिकृतको कार्यालयमा आज उम्मेदवारी दर्ता भएको हो ।

सातवटै प्रदेशमा गरी विभिन्न नौ राजनीतिक दलबाट समूहगत रूपमा महिला २६, अन्य २८, दलित १४ र अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट १५ गरी कुल ८३ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

जस अन्तर्गत प्रदेश १ मा १२ जना, प्रदेश नं २ मा ९ जना, प्रदेश नं ३ मा १७ जना, प्रदेश नं ४ मा १२, ५ मा ११, प्रदेश ६ मा १२ र ७ मा १० जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

निर्वाचन आयोगले राष्ट्रिय सभा उम्मेदवार मनोनयन दर्ताका लागि आज बिहान १० बजेदेखि ४ बजेसम्मको समय तोकेको थियो । निर्वाचन कार्यालयले केही बेरपछि नै उम्मेदवारको दर्ता सूची प्रकाशन गर्ने बताएको छ ।  माघ ११ र १२ गते बिहान १० देखि ५ बजेसम्म उम्मेदवार उपर दाबी विरोध उजुरी दर्ता गर्न सकिनेछ ।

माघ १३ गते १० बजेदेखि ५ बजेसम्म उम्मेदवारविरुद्ध दाबी विरोध उपर निर्णय लिने र माघ १४ गते १० देखि १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

यसैगरी माघ १५ गते दिउँसो १ बजेदेखि २ बजेसम्म उम्मेदवार नामावली फिर्ता दिने, ३ बजेदेखि ४ बजेसम्म राष्ट्रिय सभा सदस्य उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र बेलुकी ४ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न दिने कार्यतालिका छ ।

माघ २४ गते बिहान १० देखि ३ बजेसम्म राष्ट्रिय सभा सदस्यको चुनाव सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ । प्रत्येक प्रदेशबाट महिला ३ जना, दलित १ जना, अपाङ्गता तथा अल्पसंख्यक मध्येबाट १ जना तथा अन्य ३ जना सहित ८-८ जना गरी ५६ जना निर्वाचित हुनेछन् ।

राष्ट्रपतिबाट मनोनित ३ जना सहित ५९ जनाको राष्ट्रिय सभा बन्नेछ । माघ २४ गते हुने राष्ट्रिय सभा सदस्य चुनावमा ५ सय ५० जना प्रदेश सभा सदस्य र १५ सय ६ जना गाउँपालिका तथा नगरपालिकाका प्रमुखरउपप्रमुख गरी २०५६ जना मतदाता छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);