चौथो राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको तयारी पूरा, खेलाडीमाथि कारबाहीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८१, बिहीबार

चौथो राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको तयारी पूरा, खेलाडीमाथि कारबाहीको चेतावनी

काठमाडौं,२८ चैत्र । चौथो राष्ट्रिय फ्रेण्डसिप खुला तेक्वान्दो प्रतियोगिता आगामी वैशाख २ गते काठमाडौंमा आयोजना हुने भएको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलनमार्पmत आयोजक कोटेश्वर तेक्वान्दो डोजाङ र नेप्लिज तेक्वान्दो एकेडेमी (एनटिए) ले एकदिने प्रतियोगिताबारे जानकारी दिइएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने प्रतियोगितामा देशभरबाट ६ सयभन्दा बढी खेलाडीले प्रतिष्पर्धा गर्दैछन् । यद्यपि उक्त प्रतियोगिता खेले खेलाडीमाथि कारबाही हुने नेपाल तेक्वान्दो संघले विभागीय टोली र जिल्ला संघमार्पmत पत्रकार गरेको छ ।

प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको प्रतियोगितामा खेलाडीलाई वन्चि गर्नु निरकुंशताको पराकाष्ठ रहेको नेपाली राष्ट्रिय तेक्वान्दो टोलीका प्रमुख प्रशिक्षक नविनकुमार श्रेष्ठले आरोप लगाउनुभएको छ । सरकारीले नै आफूलाई तेक्वान्दो खेल विकासका लागि जागिर दिएको उल्लेख गर्दै प्रमुख प्रशिक्षक श्रेष्ठले व्यक्तिगत स्वार्थमा रहेर खेलाडीमाथि राजनीति गर्नु खेल विकासलाई अवरोध पु¥याउनु रहेको उल्लेख गर्नुभयो ।

आयोजकले चौथो संस्करणको आयोजना मिति नजिकिँदै गर्दा सम्पूर्ण तयारी पनि पूरा भइसकेको जनाएको छ । प्रतियोगितामा क्योरोगीको सिनियर पुरुष÷महिलामा समान ६÷६ गरी कुल १२ स्पर्धामा खेल हुनेछ । तेक्वान्दोकै अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्काले नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नै आयोजना गरेको इतिहास बोकेको राष्ट्रिय खेलकुदमा समेत प्रतिष्पर्धा गर्न नेपाल तेक्वान्दो संघले खेलाडीलाई रोक्ने गरेको अनुभव सुनाउनु भयो । नेपाल तेक्वान्दो संघले पटकपटक खेलाडीलाई खेल्नबाट वञ्चित गराउँदै आएको खड्काले आरोप लगाउनु भयो ।

प्रतियोगितामा क्योरोगीकै जुनियर पुरुष÷महिलामा समान १०÷१० गरी २० स्पर्धामा भिडन्त हुनेछ । पुम्सेको व्यक्तिगत, समूहगत र पेयरमा १२ स्पर्धामा खेलाडीले कौशल प्रदर्शन गर्नेछन् । यी सबै गरेर क्योरोगी र पुम्सेमा गरी कुल ४४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ । यो प्रतियोगिता आगामी अगस्ट २३ देखि २४ सम्म दक्षिण कोरियाको सिओलमा हुने अन्तर्राष्ट्रिय ओपन फ्रेण्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को खेलाडी छनोटको आधारसमेत हो ।

यहाँबाट समान तीन पुरुष र महिला गरी कुल ६ खेलाडी सिओलमा हुने प्रतियोगितामा छनोट हुनेछन् । व्यक्तिगत पुम्सेबाट समान एक पुरुष÷महिला तथा सिनियर स्पर्धाबाट समान २÷२ पुरुष र महिला गरी चार खेलाडी छनोट हुनेछन् । सिनियर तौलसमूहका स्वर्ण विजेतालाई ओलम्पिक तौलसमूहमा विभाजन गरी पुनः प्रतिष्पर्धा गराइनेछ । यहाँबाट समान २÷२ पुरुष र महिला स्वर्ण विजेताले दक्षिण कोरियामा हुने प्रतियोगितामा प्रतिष्पर्धा गर्न पाउनेछन् । छनोट हुने ६ खेलाडीले जनही ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

शिर्ष तीन स्थानमा रहने टोलीले क्रमशः एक लाख, ५० हजार र २५ हजार नगद पुरस्कार पाउनेछन् । उत्कृष्ट प्रशिक्षक र निर्णायक पनि जनही १० हजार नगदबाट पुरस्कृत हुने आयोजकले जनाएको छ । यद्यपि, प्रकाश शमसेर राणा नेतृत्वको नेपाल तेक्वान्दो संघले यो प्रतियोगिता खेले कारबाही गर्ने भन्दै तीन विभागीय टोली त्रिभुवन आर्मी क्लव, एपिएफ र नेपाल पुलिस क्लवका साथै जिल्ला संघलाई पत्रसमेत पठाएकाले खेलाडीले ठूलो अवसर गुमाउने भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);