पशुपति क्षेत्रमा नशालु पदार्थ सेवन गर्न प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

पशुपति क्षेत्रमा नशालु पदार्थ सेवन गर्न प्रतिबन्ध

काठमाडौं, १४ माघ । पशुपति क्षेत्रमा गाँजा, भाङ, धतुरोजस्ता नशालु पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको छ ।

पशुपति क्षेत्र विकास कोषले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दूव्र्यसनीमा युवाहरुलाई फस्न नदिन पनि पशुपति क्षेत्रमा नशालु पदार्थ सेवन गर्न प्रतिबन्द लगाइएको जानकारी गराएको हो । कोषले महाशिवरात्रीमा पनि पशुपति क्षेत्रमा गाँजा, भाङलगायतका नशालु पदार्थ सेवन नगर्न सबैमा आग्रह गरेको छ ।

पत्रकार सम्मेलनमा डिएसपी अनुपम श्रेष्ठले पशुपति क्षेत्रभित्र नशालु पदार्थ सेवन गरेको पाइए तुरुन्त कार्बाही गर्ने चेतावनी दिए ।  पशुपति क्षेत्रमा खासगरी महाशिवरात्रीमा खुलेआम गाँजा, भाङ लगायतका नशालु पदार्थ सेवन गर्नेलाई कार्बाही गर्ने गरिएको थिएन । अव भने त्यसो गर्न नपाईने कोषले स्पष्ट पारेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);