भारत, बंगलादेश र जर्मनीले नेपालको ऊर्जा क्षेत्रमा लगानी बढाउने प्रतिबद्धता व्यक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

भारत, बंगलादेश र जर्मनीले नेपालको ऊर्जा क्षेत्रमा लगानी बढाउने प्रतिबद्धता व्यक्त

काठमाडौं, १४ माघ । भारत, बंगलादेश र जर्मनीले नेपालको ऊर्जा क्षेत्रमा लगानी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन ।

काठमाडौंमा जारी ‘नेपाल पावर इन्भेष्टमेन्ट समिट २०१८’ मा सहभागी भारत, बंगलादेश र जर्मनीका लगानीकर्ताले नेपालको ऊर्जा क्षेत्रमा लगानी बढाउने प्रतिबद्धता जनाएका हुन् । १० वर्षमा ४० हजार मेगावाट जलविद्युत् उत्पादन गर्न अन्तर्राष्ट्रिय प्रतिबद्धता जुटाउने उद्देश्यले आयोजित सम्मेलनमा विभिन्न देशका विज्ञले नेपाल ऊर्जा क्षेत्रकै विकासमार्फत समृद्ध बन्ने धारणा राखे ।

उनीहरुले नीतिगत र संरचनागत सुधारमा ध्यान दिनुपर्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गराए । शनिवारबाट सुरु भएको सम्मेलन ३ दिनसम्म चल्नेछ । सम्मेलनमा भारत, चीन, जर्मनी, अमेरिका लगायतका ५५ देशका विज्ञ एवं लगानीकर्ता सहभागी भएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);