भारतमा लोकसभा चुनाव हुन लाग्यो,तत्काल उच्चस्तरको भ्रमण हुँदैन्ःनारायणकाजी श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८१, बिहीबार

भारतमा लोकसभा चुनाव हुन लाग्यो,तत्काल उच्चस्तरको भ्रमण हुँदैन्ःनारायणकाजी श्रेष्ठ

काठमाडौं,२२ चैत्र । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसियटको कार्यान्वयन योजनालाई अन्तिम रुप दिने बारेमा छलफल भएको जानकारी गराउनु भएको छ ।

बुधवार संसदमा चीन भ्रमणबारे जानकारी गराउदै मन्त्री श्रेष्ठले बिआरआई कार्यान्वयनको योजनालाई अन्तिम रुप दिने सम्बन्धमा छलफल भएको बताउनुभएको हो । उहाँले कारोनाका कारण बन्द भएका नेपाल–चीन बीचका १४ वटा परम्परागत व्यापार सिमा नाकाहरु यथाशिघ्र खोल्ने सहमती, नेपाल चीनबिच विद्यमान मैत्रीपूर्ण सम्बन्धका विविध आयामहरुमा नियमित रुपमा उच्च स्तरमा छलफल गर्न परराष्ट्रमन्त्री स्तरमा एक संयुक्त आयोग गठन गर्न दुवै पक्ष सहमत भएको उल्लेख गर्नुभयो । चीन भ्रमण गर्न चाहाने नेपालीहरुलाई चिनियाँ भिसा निःशुल्क उपलब्ध गराउन अनुरोध गरेको भन्दै उहाँले नेपाललाई थप गुणात्मक सहयोग उपलब्ध गराउने चीनबाट प्रतिवद्धता आएको बताउनु भयो ।

मन्त्री श्रेष्ठले भारतसँग पनि हार्दिकताका साथ छलफल गर्न चाहेको उल्लेख गनुृभयो । भारतसँग पनि यसरी नै छलफल गर्न चाहेको भन्दै उहाँले भारतमा लोकसभा चुनाव हुन लागेकाले तत्काल उच्चस्तरको भ्रमण नहुने स्पष्ट गर्नु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);