राजीनामा घोषणा गर्दै मुख्यमन्त्री शर्माले भने,‘पटक–पटक विश्वासको मत लिनुपर्ने अवस्थाले नियमित काममा अवरोध आउछ' | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

राजीनामा घोषणा गर्दै मुख्यमन्त्री शर्माले भने,‘पटक–पटक विश्वासको मत लिनुपर्ने अवस्थाले नियमित काममा अवरोध आउछ’

काठमाडौं,२२ चैत्र । बुधबार बसेको प्रदेशसभा तेस्रो अधिवेशनको छैटौ बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा घोषणा गर्नुभएको हो । यसअघि मंगलबार संसदबाट विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री शर्माले संसद बैठकलाई सम्बोधन गरेर राजीनामा दिनुभएको हो ।

केन्द्रमा सत्तागठबन्धन दलहरूबीच भएको सहमतिअनुसार कर्णाली प्रदेश एमालेको भागमा परेपछि विश्वासको मतको कार्यक्रम एक दिन सार्नु भएको थियो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनविपरीत विश्वासको मत लिने अडानमा रहेका मुख्यमन्त्री शर्माले अन्ततः राजीनामा दिनु भएको हो ।

मुख्यमन्त्री शर्माले राजीनामा दिने क्रममा प्रदेश सभालाई सम्बोधन गर्दै संघीयताको प्रयोग, सरकार सञ्चालन, सुशासनको अवस्थाबारे गम्भिर समीक्षा गर्नुपर्ने उल्लेख गर्नु भयो । संघ र प्रदेशमा विकसित राजनीतिक अस्थिरताका कारण संसदीय अंक गणितको भद्दा प्रहसनमा रुमलिएको उहाँको तर्क छ । शर्माले पटक पटक विश्वासको मत लिनुपर्ने अवस्थाले नियमित काममा अवरोध आउने भएकाले प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख र मुख्यमन्त्री हुनुपर्ने निष्कर्ष पनि सुनाउनु भयो । प्रदेश सरकारले आफनो स्वविवेक, स्वायतत्ता र स्वतन्त्रता प्रयोग गर्न पाए मात्र वास्तविक संघियतालाई बलियो बनाउन उहाँले बताउनु भयो ।

यसैबिच कर्णाली प्रदेशमा एक साताभित्र नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखबाट आह्वान भएको छ । माओवादी केन्द्रका संसदीय दलका नेता तथा मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएसँगै प्रदेश प्रमुख तिलक परियारले बुधबार चैत २७ गतेसम्मको समय दिएर बहुमतको सरकार गठन गर्न आह्वान गर्नुभएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);