बागमती प्रदेशमा नेकपा एमालेबाट नियुक्त भएका चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८१, आइतबार

बागमती प्रदेशमा नेकपा एमालेबाट नियुक्त भएका चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं,२० चैत बागमती प्रदेशमा नेकपा एमालेबाट नियुक्त भएका चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार एमालेबाट मन्त्री बनेका काठमाडौंका केशव पोखरेल र प्रकाश श्रेष्ठ, ललितपुरका रामेश्वर श्रेष्ठ, मकवानपुरका एकालाल श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

प्रकाश श्रेष्ठले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन, पोखरेलले वन तथा वातावरण, एकालाल श्रेष्ठले खानेपानी, ऊर्जा तथा सिँचाईं र रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

प्रकाश श्रेष्ठ बाहेक अरु तीन जना गत २५ पुसमा शालिकराम जम्कट्टेल मन्त्रिपरिषदकै मन्त्री हुन् । त्यस्तै कर्णाली प्रदेशमा भने मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ ।

दिउँसो ३ बजेका लागि बोलाईएको बैठक एमाले र माओवादी केन्द्रका नेताहरुबीच भएको छलफल निष्कर्षमा नपुगेपछि स्थगित गरिएको हो । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच कर्णाली सरकारको नेतृत्व नेकपा एमालेले लिने सहमति भएको छ ।
०००

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);