रूपन्देही,१९ चैत्र । अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् ।
सिद्धार्थनगर नगरपालिका–७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित गडहवा गाउँपालिका(३ बस्ने २३ वर्षिय रियाजुदिन मुसलमानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।