बागमतीका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिँदै | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिँदै

काठमाडौं,१९ चैत्र । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदैहुनुहुन्छ । २३ फागुनमा नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लाग्नु भएको हो ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले २२ चैतभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । गत शुक्रबार नै मुख्यमन्त्रीको दल नेकपा माओवादी केन्द्रका सचेतक रत्नप्रसाद ढकालले जम्कट्टेलले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराउनु भएको छ ।

११० सदस्यीय प्रदेशसभामा जम्कट्टेलले ५६ मत जुटाएमा मुख्यमन्त्रीमा कायम रहनु हुनेछ । नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच सहमति भएपछि मुख्यमन्त्रीले आवश्यक बहुमत जुटाएको बताइएको छ । तर नेकपा एकिकृत समाजवादीले अड्को थापिरहेको छ । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बिनानिष्कर्ष टुङ्गिएको छ । बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूलाई एमाले र माओवादी केन्द्रले सत्ता प्राप्तिको भ¥याङ मात्र बनाउन खोजिएको भन्दै यथास्थितिमा सहयोग गर्न नसक्ने अडान लिएसँगै बैठक अनिर्णीत बनेको हो ।

एकीकृत समाजवादीले बागमती वा कोशीमा मुख्यमन्त्री पाउनुपर्ने माग गरेको छ । कोशीमा एकीकृत समाजवादीको ४ सीट छ भने बागमतीमा ७ सीट छ । प्याकेजमै भागबन्डा गरेर आफूहरुलाई सम्मानपूर्ण भाग दिनुपर्ने समाजवादीको माग छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);