अप्रिल फस्टमै बढ्यो पेट्रोलको भाउ | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

अप्रिल फस्टमै बढ्यो पेट्रोलको भाउ

petrol

काठमाडौं,१९ चैत्र । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाएको हो ।

नयाँ मुल्य अनुसार काठमाडौं उपत्यकासँगै पोखरा र दिपालयमा पेट्रोल एक लिटरको १७५ रुपैयाँ तोकिएको छ । सुर्खेत र दाङमा १७४ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा पेट्रोल एक लिटरको १७२ रुपैयाँ ५० पैसा पर्नेछ । डिजेल, मट्टितेल र खाना पकाउने ग्लपी ग्यासको मूख्य भने हेरफेर भएको छैन ।

आयल निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ खरिद मुल्य पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७६ पैसा बढेको र डिजेल र मट्टितेलमा ३९ पैसा घटेको छ ।

यस्तै एलपी ग्यासमा प्रतिसिलिण्डर २७ रुपैयाँ ४४ पैसा मूल्य घटेर आएको छ । तर अहिले पनि एलपी ग्यासमा २९६ रुपैयाँ १५ पैसा घाटा रहेको भन्दै सञ्चालक समितिले मूल्य हेरफेर नगर्ने निर्णय गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);