सौर्य ऊर्जाको प्रयोग गर्नुपर्नेमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बस्नेतको जोड | ईमाउण्टेन समाचार

Our Network

पुष २७ २०८१, शनिबार

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सौर्य ऊर्जाको प्रयोग गर्नुपर्नेमा जोड दिनु भएको छ ।

नेपालमा वर्षायाममा भन्दा सुख्खायाममा चारगुना ऊर्जा उत्पादन हुने तर खपत चाहीँ उही अनुपातमा हुने भन्दै मन्त्री बस्नेतले सौर्य ऊर्जाको प्रयोगमा जोड दिनु भएको हो ।

आईतवार प्रतिनिधि सभा बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन आइ एस एको स्थापनासँग सम्बन्धित सौम्झौता माथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रश्ताव पेश गर्दै मन्त्री बस्नेतलेसौर्य उर्जा प्रयोग नै उत्तम विकल्प भएको उल्लेख गर्नु भयो ।

उहाँले नेपालमा ऊर्जाको खपत सुख्खा र वर्षा दुवै याममा उस्तै हुने तर उत्पादन कम बढी हुने भएको असन्तुलन मेटाउनका लागि नेपालमा सौर्य ऊर्जाको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यही समस्या समाधानका लागि नेपाल अन्तर्राष्ट्रिय सौर्य गठबन्धनमा जानुपर्ने प्रस्ताव गनुृ भयो ।

उहाँले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनमा हालसम्म ११८ वटा राष्ट्रले करार सम्झौतामा हस्ताक्षर गरेका र ९७ राष्ट्रहरुले अनुमोदन समेत गरिसकेका जानकारी दिनुभयो । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);