मुस्ताङमा सय मेगावाट वायु तथा सौर्य ऊर्जाको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

मुस्ताङमा सय मेगावाट वायु तथा सौर्य ऊर्जाको सम्भावना

bayu-urja

काठमाडौं, ११ बैशाख । मुस्ताङमा उन्नत (हाइब्रिड) वायु तथा सौर्य ऊर्जा केन्द्र स्थापना गरी १ सय मेगावाटसम्म विद्युत् उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ । बुद्ध पावर कम्पनीले तयार पारेको मुस्ताङ उपत्यकाको दिगो तथा हरित ऊर्जा विकाससम्बन्धी अध्ययन प्रतिवेदनले यस्तो सम्भावना देखाएको हो ।

अध्ययनअनुसार मुस्ताङको मुक्तिनाथ पुग्न प्रयोग हुने कालीगण्डकी करिडोर सडकमार्गमा पर्ने लेतेदेखि माथिसम्मका विभिन्न स्थानमा केन्द्र स्थापना गरी विद्युत् उत्पादन गर्न सकिनेछ । कम्पनीका सञ्चालक पुष्पराज तिमल्सिनाका अनुसार खास गरी मुस्ताङको कागबेनी तथा जोमसोममा त्यस्ता केन्द्र स्थापना गर्न सकिन्छ ।

०७२ असोजमा भारतले नेपालमाथि नाकाबन्दी सुरु गरेपछि तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट बिजुली निकाल्ने उद्घोष गरेका थिए । त्यसताका प्रधानमन्त्रीको चर्को आलोचना भएको थियो । सोही उद्घोषपछि कम्पनीले मुस्ताङमा वायु तथा सौर्य ऊर्जाको सम्भाव्यतासम्बन्धी अध्ययन सुरु गरेको थियो ।

‘संयोगवश दोस्रोपटक प्रधानमन्त्री बन्नुभएका केपी शर्मा ओलीज्यूकै कार्यकालमा यो प्रतिवेदन बुझाउन पायौँ,’ सञ्चालक तिमल्सिनाले भने । कम्पनीले अध्ययनसम्बन्धी प्रतिवेदन सोमबार ऊर्जामन्त्री वर्षमान पुनलाई हस्तान्तरण गरेको हो ।

हाइब्रिड वायु तथा सौर्य ऊर्जा केन्द्रबाट ३ किलोवाट उत्पादन  
तिमल्सिनाले स्पेनी कम्पनीसँगको सहकार्यमा बुद्ध पावर कम्पनी स्थापना गरी त्यहीबाट उपकरण तथा प्रविधि भिœयाएर उन्नत वायु तथा सौर्य ऊर्जा केन्द्रसमेत सञ्चालनमा ल्याएको छ ।

३ किलोवाट क्षमताको ऊर्जा केन्द्रबाट १८ महिनादेखि नियमित विद्युत् उत्पादन हुँदै आएको छ । ‘३ किलोवाटले ५ घरलाई कोठा तातो–चिसो बनाउन पर्याप्त हुन्छ,’ उनले भने । उनका अनुसार एउटा केन्द्र स्थापनामा ७८ लाख रुपैयाँ लागेको छ । नेपालकै सामग्री प्रयोग गर्दा २० लाख रुपैयाँमै हुने तिमल्सिनाको भनाइ छ । कम्पनीले जिल्ला प्रहरी कार्यालयका लागि ऊर्जा केन्द्र स्थापना गरिदिएको हो ।

मौसमबारे १०–१० मिनेटमा अनलाइन जानकारी 
ऊर्जा केन्द्रसँगै सञ्चालनमा ल्याइएको व्यावसायिक मौसम मापन केन्द्रले हरेक १० मिनेटमा मुस्ताङ उपत्यकाको मौसमबारे जानकारी दिनेछ । सो जानकारी कम्पनीको प्रधान कार्यालय पोखरा र स्पेनको बार्सिलोनाको कम्प्युटरमा संकलन हुनेछ । त्यस्तो रिपोर्टका आधारमा अन्य हिमाली जिल्लामा ऊर्जा केन्द्र तथा मौसम मापन केन्द्र बनाउन सहयोग पुग्ने कम्पनीले जनाएको छ । ‘थप १० हिमाली जिल्लामा १० वटा मौसम मापन केन्द्र बनाउन तयार छौँ,’ तिमल्सिनाले भने । यो समाचार नयाँ पत्रिकामा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);